तिम्लाई खुशी देखाउन नेता बन्छु म त काली
जे छ बाकीं त्यही खाउँन नेता बन्छु म त काली
पुस्तौ पुस्ता सातौं पुस्ता आफन्त सारा लाई
जागिरमा नै टेकाउन नेता बन्छु म त काली
चुल्ठे मुन्द्रे पालेर नि सडक सत्ता सबैमा नै
आफ्नो नाम लेखाउन नेता बन्छु म त काली
राकों बाल्छु ठप्प पार्छु माग पुरा गराउन लाई
जनता जति सेकाउन नेता बन्छु म त काली
टनकपुर सुस्ता जस्ता धेरै बाकीं छन रे अझै
नदि किल्ला छेकाउन नेता बन्छु म त काली
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल.

No comments:
Post a Comment