Pages

Sunday, 20 January 2013

मात लाग्यो कान्छी!

हिजोमैले रक्सि खाएँ,मात लाग्यो कान्छी!
बेहोसी मै के के गरें , बात लाग्यो कान्छी !!

बहाना त माया पाउने,अरु के नै हुन्थ्यो !
शराबीको अर्को रुप,जात लाग्यो कान्छी!!

मत्त  भइ हिंडे पछि ,लडेछु म नाली बीच !
यौटैसोची कुकुर्नीको,लात लाग्यो कान्छी!!

सानो कुरा के गर्नु र,कुर्लिएर हिडेपछि !
त्यसैले त दुर्जनको,हात लाग्यो कान्छी!!

नखानुथ्यो बानी बस्यो,खाए पछि सबै मेरै!
भुल भयो दुखै दुख ,खात लाग्यो कान्छी !!

"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{मरुभूमिको छातीबाट}

No comments:

Post a Comment

”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com