Pages

Saturday, 5 January 2013

कानुन फुल्ने बोट अब।

उखेलेरै फ्याकिदिए कानुन फुल्ने बोट अब।
हेर्ने कसले देख्ने कसले जन्ताका चोट अब।।

सरकारी गिरोह छन देश जन्ता भुट्ने सारा।
चोर पनि साधु भए  कस्मा लाउने खोट अब।।

भेष भुषा जलाएर बिर का ति सन्तान भए ।
जन्ताका परजीबी लाउछन किन कोट अब।।

पैसा भए हाम्रो देशमा न्यायपनि आफ्नै हात।
शक्तिशाली हुँदै गए कानुन भन्दा नोट अब  ।।

भर्ष्टचारी,राष्ट्रघाती,सबै यहा विश्वासघाती ।
नेता सबै उस्तै भए कस्लाई दिने भोट अब।।

रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:यु.ए.ई.दुबई }  

No comments:

Post a Comment

”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com