पग्लिएको मैन सरि बाल्नुपर्ने जिन्दगि लाई
मुटुभरि ब्यथा बोकी पाल्नुपर्ने जिन्दगि लाई ॥
उस्को लाश बोक्नु भन्दा आफ्नै यहाँ ढलेको छ
आफैं रोपी फेरी आफैं ढाल्नुपर्ने जिन्दगि लाई॥
यौटा रोप्यो अर्को फल्छ दुखि रहने मुटु सँधै
दुखेको त्यो मुटुले नै टाल्नुपर्ने जिन्दगि लाई॥
बाँच्न जाने फुल भन्छन जिन्दगिका थुंगाहरु

नफक्रिदै शिरबाट फाल्नुपर्ने जिन्दगि लाई॥
चाहना त्यो यौटा हुँदा जिउनु पर्ने अर्को संग
तर पनि सपनाले नै गाल्नुपर्ने जिन्दगि लाई॥

wow so nice ram ji
ReplyDelete