Pages

Sunday, 2 December 2012

छन यहाँ !!

न त भाले न त पोथी मिसिएका बिउ छन यहाँ
न त अन्डा न त बच्चा ठुला मात्र जिउ छन यहाँ !!

नब्याउने ति साँढे हरु बुर्कुसी नै मारे पनि
सुत्केरी कै निहुँपारी खाने मात्र घिउ छन यहाँ !!

सडक देखि सत्ता आफ्नै बाउको बिर्ता जस्तो
कैले टोपी कैले धोति कोट मात्र सिउँ छन यहाँ !!

छदम भेषी जोगी यहाँ कानै चिरी आएपनि
साँझपरे भुल्न आफुँ नशा मात्र पिउँ छन यहाँ !!

बेला मौका कुर्लिरने कस्तो भुत सवार हो खै ?
दोषी हो निर्धो सँधै हेप्ने मात्र निउँ छन यहाँ !!

No comments:

Post a Comment

”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com