Pages

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Wednesday, 23 January 2013

बाबु बन्छु।

जन्माएर मात्र होइन ,कर्म दिने बाबु बन्छु।
यौटै जात मानवताको,धर्म दिने बाबु बन्छु।।

कु-संस्कार छाडापन,लत्याएर सारा कुरा।
रितिरिवाज संस्कारको,शर्म दिने बाबु बन्छु।।

कोहि काख कोहि पाख,भेदभाब हैन अब।
अन्याय अत्याचार लाई,मर्म दिने बाबु बन्छु।।

गाउँ घर छिमेकीका ,सुख दुख सबै यौटै।
दुख पर्दा निमुखा लाई,पर्म दिने बाबु बन्छु।।

सिदांन्तका कुरामात्र,फलाक्ने म'राम' होइन।
परिवर्तन खाँतिर अब,चर्म दिने बाबु बन्छु।।

"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{मरुभूमिको छातीबाट}

मेरी आमा!

तिम्रो माया यो मुटुमा सल्कीरह्यो मेरी आमा!
तिम्रै तस्बिर मुटु भित्र,टल्किरह्यो मेरी आमा!!

लाखौं दुखकस्ट सह्यौ,दुधको भारा बाँकि हुँदा!
अश्रु धारा नयन बाट ,छल्किरह्यो मेरी आमा!!

हरेक मेरो सफलता मा,तिम्रै त्यो आशिर्बदले!
सगरमाथा जस्तै शिर,ढल्किरह्यो मेरी आमा!!

हिजो पनि तिमि रोयौ,आज पनि रुँदै छौ रे !
मनभित्रका सारा पिडा,बल्किरह्यो मेरी आमा!!


यो मनकी देबी तिमि,तिम्रो चरण मिल्दा पनि!
बाँच्ने आशा दुबो जस्तै ,मल्किरह्यो मेरी आमा!!

"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{मरुभूमिको छातीबाट}
”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com