Pages

Sunday, 2 December 2012

पैसा अब पार्दै छ रे

मेरो माया बेची उसले पैसा अब पार्दै छ रे
महलको सिहासनमा आफुलाई सार्दै छ रे

'राम'कै कारण यहासम्म पुगेकी छु आजपनि
नानाभाति भन्दै फेरी उस्लाई पनि टार्दै छ रे

आफु मरी उसैलाई बचाउने मेरो अठोट
त्यही भुल दाउमा राखी आफैलाई मार्दै छ रे

लह लहाउदो बाली थियो उस्मै हाल नारेपछी
दुइचार दाना फलाउन बारी उसले खार्दै छ रे

डाडा पाखा एकान्तमा मेरै गीत गुन्गुनाउदै
यता बस्ति उजाड पारी उता फुल झार्दै छ रे

रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल.

No comments:

Post a Comment

”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com