Pages

Wednesday, 26 December 2012

जय बोत्तल

शहर हरु छलकिन्छन उही बोत्तलमा
जहर हरु सलकिन्छन उही बोत्तलमा

पधेरीमा पानी पिउँने बानी बसे पछि
रहर हरु पलकिन्छन उही बोत्तलमा   

खोपिएर वियोगका नाम हत्केलामा
ठहर हरु बलकिन्छन उही बोत्तलमा

सयौजुनी साथ दिने अन्तै लागे पछि
लहर हरु ढलकिन्छन उही बोत्तलमा 

रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:क्षितिजपारी बाट}

2 comments:

  1. वा वा वा दमादार गजल

    ReplyDelete
  2. हार्दिक धन्यबाद सर यहा लाई

    ReplyDelete

”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com