Pages

Sunday, 23 December 2012

पत्थर को नै रैछ मुटु फुटेपछि थाहा पाएँ !
लाशपोल्न आफ्नै चिता जुटेपछि थाहा पाएँ !!

जति बाड़यो दानी बनि माया बढ्छ भन्थे !
रितिएछ सबै आज लुटेपछि थाहा पाएँ !!

घामपानी भन्थे जिबन आंधी हुरी संग लड्न!
आज आफैं नियतिले चुटेपछि थाहा पाएँ !!

मायाको त्यो सागरमा हराउला लाग्थ्यो सँधै !
किनार्को किस्ती पनी छुटेपछि पछि थाहा पाएँ !!

साचो माया ऐना जस्तै सत्य बोल्छ भन्थें तर!
टुक्रिएको सिसा सरि टुटेपछि पछि थाहा पाएँ !!

बिखर्ची राम!!!

No comments:

Post a Comment

”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com