Pages

Friday, 3 May 2013

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  
मितिः– 2070।1।20 Firday  Facebook Page

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित हास्यकालाकार सुरज भिरखैरेको हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Listen & Download 

 Download Here

Thursday, 25 April 2013

गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)



दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
 गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)
 कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची जमुना
 मितिः– 2070।१।9 Monday  Facebook Page
नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला सवाल– जवाफ विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न द्दछ ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Download Here 

Tuesday, 16 April 2013

गजलका थुँगाहरु श्रृंखला– पाँच

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने 
कार्यक्रम "गजलका थुँगाहरु" 
अर्जुन पौडेलका परिकल्पनामा 
 गजलका थुँगाहरु श्रृंखला– पाँच 
कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची जमुना
 मितिः– २०६९।१२।३१ शनिवार Facebook Page नमस्कार साथीहरु, आज मिति २०६९।१२।३१ गजलसर्जक विवश ज्ञावली “असफल प्रेमी” को आवाजसहित हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Monday, 8 April 2013

आउ सानु ।।


यौवनको प्यास मेट्न अधेरिमा आउ सानु ।।
बहाना ति सयौं पारी पधेरिमा आउ सानु ।।

लजाएर रातै भरी बहानाको घुम्टो ओढी ।
सुस्तसुस्त पाईला चाली मझेरीमा आउ सानु ।।

प्रेम प्याला भर्नलाई ओत लाग्ने छानो भित्र।
तिम्रै मन मन्दिरको घडेरीमा आउ सानु ।।

जवानीको बेलै यस्तो खडेरीको खेति जस्तो।
अतृप्त त्यो सागर बनी खडेरीमा आउ सानु ।।

सर्वाधिकार सुरक्षित ©"बिखर्ची राम"
बघौडा,८,माडी ,चितवन,नेपाल
हाल:यु,ए,ई,दुबई

Thursday, 4 April 2013

"सर्ट र फिका कफि" (कथा) । सन्दिप निरौला

“ ............. कता पड्केकी ? खुरुक्क घर फर्कि !” पहिलो शब्द अपशब्द थियो । 

मूल सडकबाट छुट्टिने गल्ली बाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको र स्वर बाँस चिरिए झैं ककस ध्वनि ।

म बरन्डामा उभिएको थिएँ । तल सडकमा हिड्ने यात्रिलाई अघि देखि पछि सम्म नियाल्थेँ । म देख्थेँ, त्यहाँ सवै अनुहार नयाँ हुन्थेँ । सडक खाली के हुन्थ्यो, म पिच्च थुक उछिट्याउथेँ ।

“किन घरि घरि यो केटो आँगनमा थुक्छ ? सवै टाटै–टाटा बसिसकेछ । कस्तो फोहोरी बनेको ! घिन पनि नलागेको !”
घरमा आमाले मलाई यसै गरि गालि हुनुहुन्थ्यो । दिदी पनि हो मा हो मिलाउँदै आगोमा घिउ थप्थिन । बुवा दिउँसो प्राय घर बस्नु हुन्नथ्यो, त्यसैले मेरो यो दैनिकी संग अज्ञात हुनुहुन्थ्यो । त्यो आफ्नो आँगन र आफ्नाले मलाई सुध्रान गरेको गाली थियो । म बुझ्थेँ, त्यो गालीमा प्रेम थियो । म केही नबोली कोठामा पस्थेँ । अलि बेरमा फेरी थुक्न निस्कन्थेँ । यो पल्ट अलि पर आँगनको बाहिर एउटा कुनामा ।

म दुई वर्ष देखि डेरामा थिएँ । गाउँको दाई यहि डेरामा बस्ने भएकाले मलाई पनि परिवारले उनै संग यहाँ पठाएका थिए । उनैले मलाई कलेज खोज्न र डेराको अनुशासन सम्झाएका थिए । एक वर्ष पछि उनको कलेज सकियो र उनी अन्यत्र सरे । त्यस पछि म एक्लै बस्न थालेँ ।

सडकमा केटी देखापरि । यस्तै १२ वर्षकी हुँदिहो । लुति भएकाले अग्ली देखिन्थी । सेतो वृतले भरिएको रातो कुर्था लगाएकी थिई । खाली खुट्टा कता हिडेकी होला, मैले व्यर्थ उसलाई ध्यान दिएँ । तुरुन्तै अपशब्द सहितको कर्कस स्वरमा कोही चिच्यायो । त्यो उसकी आमा रहिछ । केटी स्तब्ध भई । उसका लामो खुट्टाहरु घुमे । ऊ मृगको पाठी जस्तै उफ्दै आमा भएतिर कुदी । मैले पुनः सडकमा थुक उछिट्याएँ । यसपटक मैले त्यो केटीकी आमाले बोलेको शब्दलाई पनि थुकेँ ।

“गुड आफ्टरनुन !” छोटो हिलले सिढि चढ्दा बजाएको टक–टक आवाजले यसलाई पछ्यायो । माथिल्लो तलामा बस्ने केटी म संग यसरी नै बोल्न सुरु गर्छे ।

कता बाट आएकी थिई ? निक्कै खुसी देखिन्थीे । उत्तिकै राम्री पनि । सिढि उक्लुन्जेल उसका र मेरा आखाँ जुधे । मैले पनि “येस, गुड आफ्टरनुन !” भनि सकेको थिएँ ।

- “सानो हेल्प गर्नुस् न है !” उसले माथिल्लो खुट्किलोमा एउटा खुट्टा राख्दै उभिएर भनि ।
“कस्तो होला ?” मैले जिज्ञाशु भएर सोधेँ ।
- “खास केही छैन् ! अहिले आउँछु नि है !” ऊ दोस्रो तलाको सिढि उक्लदै थिई । यति भनि सक्दा, उसको रफ्तार क्रमशः तिब्र भएको थियो ।

म पहिलो वर्षको परीक्षा लेखेर घर गएको थिएँ । फर्केर आउँदा नयाँ केटी पनि डेरा बस्न थालेकी रहिछ । सुरुमा मलाई ऊ घरबेटीकी आफ्न्त होली भन्ने लागेको थियो । पछि उसलाई पनि आफ्नै कलेजमा देख्दा बोल्ने आँट गरेर सोधेँको थिएँ ।

“तपाई पनि यहीँ ?”
- “हो त, रुम बाट नजिक लाग्यो अनि ।” तब मात्र मैले ऊ पनि डेरा बसेकी रहिछ भन्ने थाहा पाएको थिएँ ।
“बाई द वे, म ....... ।” भन्दै मैले मेरो नाम बताएको थिएँ ।
अनि उसले आफू पूजा भएको बताएकी थिई ।

त्यस दिन गफ भएको यत्ति थियो । उसको र मेरो कक्षा नमिल्ने भएकाले कलेज लाग्ने र सकिने समय पनि फरक थियो । डेरा पनि तला माथि र तल भएकाले प्राय भेट हुँदैन थियो । भेट भईहाले पनि बिहान, दिउँसो वा साझँ विचार गरेर यसकै अघि “गुड” थपेर सम्बोधन गर्ने गरिन्थ्यो ।

मध्य पुसको माहिना थियो । कसैले ढोका ढक–ढक परेको थियो । त्यस दिन विदा परेकाले म अलि ढिलो उठेँको थिएँ । अनि सधैँ जाने गरेको पसल पुगेर आधा लिटर दुध ल्याएको थिएँ । दुध खन्याएर बसाई सक्दा बाहिर कोही आएको थियो । को होला ? घरबेटी ! मैले अनुमान गरेको थिएँ । पुस महिनाको भाडा केही दिन अघि नै बुझाई सकेको हुनाले घरबेटी नहुने पक्क थियो । मेरो पाईला बढो कैतुहलका साथ ढोका तिर बढेँको थियो ।

मैले ढोका खोलेँ, हेरेँ, अरु को हुन्थ्यो ? उहि पूजा, हर्सित मुद्रामा उभिएकी थिई ।
- “गुड मनिङ्ग !” ऊ नै अगाडि बोलेकी थिई ।
उसले जोडेकी थिई ।
मैले जवाफ फर्कान नपाउँदै हातमा बोकिराखेको पारदर्शी सेतो प्लास्टीकको प्याकेट म तिर उचाल्दै उसले जोडेकी थिई - “आज मेरो बर्थ डे !”
“वेल, ह्याप्पि वर्थ डे । एण्ड मेनी मेनी ह्याप्पि रिटन्स अफ द डे !” मैले प्याकेट बाट स्टभरि फ्लेभरका दुई वटा चकलेट निकाल्दै शुभकामना दिएँ ।
- “थ्याङ्यू ।” ऊ तुरुन्त बोलेकी थिई ।
- “गएँ है ! अरु लाई पनि बाड्नु छ ।” यति भनि सक्दै ऊ मोडिन तत्पर देखिन्थी ।
“हैन, कसरी ढोकै बाट ? भित्र आऊ न ।” मैले पहिलो पल्ट कसैलाई जिद्दी स्वभाव देखाएँ ।

त्यस पछि के खुस पह्यो, म जान्दिन । ऊ आउन तयार भएकी थिई । मैले ढोका पुरा उघारेँ ।
ऊ आएर म बस्ने कुर्सीमा बसेकी थिई । म बस्ने पनि कसरी भन्नु ? भएको कुर्सी त्यहीँ एउटै थियो । उसले बजिरहेको रेडियो तुरुन्त बटारेकी थिई । ऊ संग बोल्दै मैले अर्को भाडामा एक कप पानी र एक कप दुध बसाएँ । कफिका लागि ।

“सोध्न त नहुने हो तर पनि सोधेँ है ! कति वर्ष पुग्यौँ ?” मैले लाईटर ठोस्दै सोधेँको थिएँ ।
पहिला ऊ हाँसेकी थिई - “कस्तो बाठो मान्छे तपाई ? म १७ पुगेँ । अनि तपाई ?” ऊ लाडिए झैँ सुनिन्थी ।
“म साढेँ १७ ।” ऊ खित्का छोडेर हाँसेकी थिई ।

कपमा ५ ७ दाना कफि राखेर मैले पहिला उसलाई दिएँ । अनि मैले आफ्नो लागि खन्याएँ ।
“खै ! लेऊ न ! बाई द वे, तिम्रो वर्थ डे ट्रिविट् ।” मैले हाँस्दै भनेको थिएँ ।
कफिको पहिलो चुस्की लिन साथै । हामी दुवैको मुख बिग्रेको थियो । कारण कफि खल्लो थियो । मैले गफको सुरमा चिनी सोध्नै बिर्सेको थिएँ ।

ऊ फेरी खित्का छोडेर हाँसेकी थिई । मैले तुरुन्त चिनी र चम्चा उसको हातमा थमाएको थिएँ । बरु उसैले सोधेकी मलाई थिई - “कति चम्चा लिनुहुन्छ ?”
“दुई !” मलाई कता कता ग्लानी अनुभव भएको थियो ।
उसले मेरो कपमा दुई र उसको कपमा पनि दुई चम्चा चिनी हालेर पहिला मेरो कपमा चम्चा चलाई । म अर्को चम्चा लिन फर्केको मात्र थिएँ ।
- “पर्दैन !” उसले मलाई भनि सक्दा आफ्नो कपमा पनि उहि चम्चा घुमाई सकेकी थिई ।
“तर किन .......?” मेरो कुरा नसकी उसले सरल भएर जवाफ दिएकी थिई - “मलाई चल्छ ।”
म अवाक् बनेर उभिदोँ मात्र भएँ ।

उसले मैले भन्दा छिटो कफि सकि । एक पटक पुनः धन्यवाद भन्दै ऊ तुरुन्त निस्केकी थिई । ढोकामा मैले पुनः उसलाई वर्थ डे विस गरेको थिएँ ।

ढोका लागएर बाँकी रहेको कफि समात्दा, रेडियोमा कृषिथोक बजार मूल्य बज्दै थियो ।

किन ऊ पुनः मेरो कोठामा आउँदै थिई । म अज्ञात थिएँ । म हठात् कोठामा पसेँ । परीक्षको मारामारमा कार्पेटमा कुचो परेको रहेनछ, स्पर्श गराईदिएँ । टेबलमा छारिएका किताब मिलाएँ । ब्लाङ्केट पट्याएँ । ओछ्यान मिलाएँ । किचन भएको एउटा कुना सफा थियो । आहा ! काम घट्यो खुसी भएँ । पर्दा उठाएँ, भ्याल खोलेँ । क्या ! उज्यालो कोठा । आफै दङ्ग परेँ ।

ढोका उस्तै गरि ढक–ढक गह्यो । ढोका खुल्लै थियो । ऊ हातमा ल्यापट बोकेर आएकी थिई । कलेजको प्रोजेक्टको लागि उसलाई सहयोग चाहिएको रहेछ । मैले पहिले आफूले बुझाएको प्रोजेक्टमा थपघट गरेर उसलाई दिएँ । यसपटक पनि उसलाई मैले उसलाई चिनी नहाल्ने गल्ती नगरी कफि “सर्व” गरेँ । अघिको घटना सम्झेर होला, ऊ एक पटक उसै गरि हाँसेकी थिई । जे होस, उसको काम भएकाले ऊ खुसी देखिन्थी ।

कौशीको आधा भाग डेरा बस्नेहरुलाई छुट्याईएको थियो । हामीलाई त्यहाँ लुगा धुन र सुकाउन सुविधा थियो । जाडोमा घाम ताप्न पनि सजिलो थियो । म संग बस्ने दाई रहुन्जेल कौशीमा गएर पढ्थे । मलाई भने आफ्नै कोठा नै रमाईलो थियो । बरु कोही बेला बरन्डामा उभिएर सडक नियाल्थेँ । अनि पिच्च पिच्च थुक्थेँ ।

पछिल्ला दिनहरुमा परीक्षा सकिएको भएर म पूरै फूर्सदी भएको थिएँ । नत्र कलेज धाउन्जेल एउटै रुटिनमा दिन बित्थ्यो । कलेज बाट फर्केर, धोएको लुगा लिन म दिउँसो कौशी उक्लन्थेँ । प्राय दिन, उनै पूजा त्यहाँ पढ्दै भेटिन्थी । कुनै दिन ल्यापटप चलाउँदै हुन्थी । कहिलेकाहीँ, पढाईको बारेमा सोध्थी पनि म जानेको सिकाई दिन्थेँ । अनि लुगा लिएर तुरुन्त फर्कन्थेँ ।

मैले उसलाई घर फर्कने केही दिन अघि जाँदैछु भनेर सुनाएँ । मैले किन उसलाई सुनाउन जरुरी ठानेँ, म जान्दिन तर पनि मैले सुनाएँ । के ऊ मेरो कुरा सुनेर दुःखी हुनुपथ्र्यो ? वा मलाई बाँकी वर्षहरुका प्रगतिका शुभकामना दिदै खुसी हुनुपथ्र्यो ? ऊ के भई, त्यो नदेखाई उसले मलाई मेरो सहयोगका लागि धन्यवाद दिई ।

- “अनि सुन्नु ।” कोठा फर्कन, सिढि ओर्लदै गरेको म टक्क अडिएँ ।
- “त्यो चिनी बिनाको कफि ........”
“उफ ! अझै बिर्सेकी छौनौँ ?” मैले ऊ बोल्दा बोल्दै रोकेँ । अनि हाँस्दै तल झरेँ ।

केही दिन पछि, काकाको छोरी मेरो कोठामा बस्न भनेर आईपुगिन् । घर बाट पैसा र किनेर घर लानुपर्ने सामानको लिष्ट पनि पठाउनु भएको रहेछ । मैले केही दिन अघि नै घरबेटी संग मेरो कोठामा अरुकोही बस्ने कुरा गरिसकेको थिएँ । ऊ आएकै दिन म कोठाबाट निस्केँ । जाने बेलामा पूजालाई सम्झेँ । लागेको थियो भेटेर जाउँ र बहिनीको परिचय पनि गराईदिउँ । उसको कोठामा ताला झुण्डेको रहेछ । म पनि आफ्नो बाटो लागेँ ।

घर आईपुगेको भोलिपल्ट दिउँसो म रुखको छाँयामा विस्तारा ल्याएर पल्टेको थिएँ । दिदीले मलाई सोधिन् ।

-- “भाइ, को हो पूजा ?”
“मेरो देखि माथिको तलामा बस्थी । कसरी चिन्नु भो ?” मैले चकित पर्दै सोधेँ ।
-- “यो हेर त, तेरो सर्टमा थियो । भिजेर सवै नबुझिने भयो ।” दिदीले मलाई निलो मसी लतपतिएको कागज देखाउँदै भन्नु भयो । चिठीको ढाँचामा लेखिएको जस्तो देखिने त्यो कागजको अन्तिममा एउटा शब्द पूजा मात्र बुझिन्थ्यो ।

“यो मेरो सर्टमा कसरी आयो ?” म आफै चकित परेँ । 


-- "अनि तैले बुझिनस् ?" दिदी यत्ति भनेर उठेर जानु भयो ।
"के ?" मैले सोधेँ तर उत्तर आएन ।

म सधैँ उल्टो गरी मेरो सर्ट सुकाउने गह्थेँ । एकदिन सुकेपछि लिन जाँदा सर्ट सुल्टीएको थियो । मैले नै सुल्टो सुकाएको रहेछु भनेर वास्ता गरिनँ । अहिले भने, त्यो सर्ट र फिका कफि मेरो दिमागमा एकैपल्ट नाच्न थाल्यो । मैले एक पटक धोएर सुकाएको सर्ट हेरेँ । यसमा इस्त्री पनि गरिएको रहेछ ।
युवा जागे देश जाग्छ सबले अब बुझ्नु पर्छ ॥
अशान्तिको जालो भाग्छ सबले अब सुझ्नु पर्छ ॥

बाइबल कुरान र महाभारत गीता संगै । 
ढुंगा पनि देव लाग्छ मानवता पुज्नु पर्छ॥ 

तेरो मेरो सानो ठुलो छुवाछुत छाडे सारा।
उन्नतिले बाटो ताक्छ कर्म संग जुझ्नु पर्छ॥

मरे यही माटोमा नै बाचें मेरै देशले नै ।
श्रम अनि सिप माग्छ पसिनाले रुज्नु पर्छ॥

हत्या हिँसा बढ्दै जान्छ अझै हामी मौन रहे ।
पापै पापले सिमा नाघ्छ राम बनि कुच्नु पर्छ॥

सर्वाधिकार सुरक्षित ©"बिखर्ची राम"
माडी,चितवन,नेपाल
हाल:आँशुको सागर बाट
देख्छु हर बजारमा भाउ नयाँ नयाँ ॥ 
भाउ संगै लगाउने दाउ नयाँ नयाँ ॥ 

रातै हुन्छ सबको खुन उच निच भन्दै ।
खुन संगै लागेको छ घाउ नयाँ नयाँ॥

निर्धो अनि दुखि लाई दबाएर राख्ने ।
राजा देखि रैती सम्म पाउ नयाँ नयाँ॥

लुट्दै छन चेली बेटी बहाना छ धेरै ।
चुलो चौको बाटो घाटो ठाउँ नयाँ नयाँ॥

कान चिर्या जोगी जस्तै सबै नेता उस्तै।
फेरिरहे सत्ता धारी नाउँ नयाँ नयाँ ॥

सर्वाधिकार सुरक्षित © २०६९,"बिखर्ची राम"
बघौडा,८,चितवन,माडी,नारायणी,नेपाल
हाल:मरुभूमिको छातीबाट
होली हो या दिवालीले ढाँटेको छ प्रदेशीलाई!
आफ्नै मुटु छुरा बनी काटेको छ प्रदेशीलाई!!

चाडपर्ब नेपालीको आगमन छ घर दैलोमा!
अभावले नाता गासी चाटेको छ प्रदेशीलाई!!

आफ्ना ले नै भुली गए दौलतको चपेटामा!
भुल्न खोज्दै छायाले आँटेको छ प्रदेशीलाई!!

हाँसीखुसि परिवारको सुखदुख साटौ भन्दा!
विपतको पहिरो आइ छाँटेको छ प्रदेशीलाई!!

बल,बैंश, बुद्धि सारा अनर्थ मै खर्च भयो !
खुशी बाढ्ने उस्लेपनि साटेको छ प्रदेशीलाई!!

सर्वाधिकार सुरक्षित © २०६९,"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल:मरुभूमिको छातीबाट
मेरै मानो खाएर मेरै जरो खन्छौ किन?
मेरै धरो लाएर मेरै जरो खन्छौ किन ?

आफुँ रुँदै हिडेपनि तिम्लाई खुशी राखें !
आँखा भरि छाएर मेरै जरो खन्छौ किन?

न्याउली झैं विरहमा तिम्रै भाका मनभरि!
मेरै गीत गाएर मेरै जरो खन्छौ किन ?

सबै दिएँ भको जति फेरी के आश राख्दै!
चोक गल्लि धाएर मेरै जरो खन्छौ किन?

खुन्का धारा मुख भरि प्राण यो जानै लाग्दा!
मेरै मुख बाएर मेरै जरो खन्छौ किन ?

सर्वाधिकार सुरक्षित © २०६९,बिखर्ची राम
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हिजो आज पौवापाटी बास भाछ देशमा!
ढुंगा माटो गरिबको गास भाछ देशमा !!

देश सारा आक्रान्त छ गरिबी र महंगीले!
बाचेर नि जिउँदै यहा लाश भाछ देशमा !!

नत बिउ नत मलको अनुदान छ केहि!
रोपेका ति बालीनाली घाँस भाछ देशमा !!

जनताको आफ्नै शासन ल्याउछु भनि लडे !
कुर्चीको नै मात्र सरकार खास भाछ देशमा!!

नियम कानुन संबिधान कुल्ची दिदा सारा!
आज आफ्नै स्वभिमान नास भाछ देशमा !!

मानवता र आत्मियता बेचिएको देख्दा !
हार खाई राम आफ्नै दास भाछ देशमा!!

"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
यो जवानी रुप सारा लुटायो विदेशले!
आफन्त साथ सारा छुटायो विदेशले!! 

आंधी र तुफान त झेल्नु छ झन कति!
नियतको बज्र ल्याई कुटायो विदेशले!! 

बाँचेर नि मरे झैं जिबन झन कस्तो !
अश्रुभेल आँखामा जुटायो विदेशले!!

जलाई यो छाती साँझ बिहान प्रहर!
कम्जोर मन मुटु टुटायो विदेशले!!

मैन जस्तै पगाली हिर्दय झन सारा!
फुटेको शिशा झैं फुटायो विदेशले!!

"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
बाँचेर नि जिउंदै यहाँ,मर्दै जाँदा थाहा हुन्छ!
अश्रु बुँद यो बलेसीमा,छर्दै जाँदा थाहा हुन्छ!!

प्रेमको दुइ शब्द समर्पणमा उसका लागी!
नखोलेरै बन्द खाममा,भर्दै जाँदा थाहा हुन्छ!!

लाली फूल फुले जस्तै ढल्की जाने जवानी यो!
ओइलिएर हाँगा बाटै,झर्दै जाँदा थाहा हुन्छ!!

हाँसो खुशी यो जीवनमा संगालेको कति थियो!
उस्लाई छाडी भंगालोमा,तर्दै जाँदा थाहा हुन्छ !

जीवनको अर्थ के हो जिउनु पर्छ कसो गरि!
माछी जस्तै तिखो झिरमा,पर्दै जाँदा थाहा हुन्छ!!

अनमत्त जवानी ले आफैं संग छिल्लिएर!
यौवनको बैंश रापले,खर्दै जाँदा थाहा हुन्छ!!

पाप अनि पुण्य सारा छुटयाउन जगतमा !
बिखर्ची भई सत्कार्य नै,गर्दै जाँदा थाहा हुन्छ!!

"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
चोखो माया तिमीलाई लगाउँ कि मेरो हजुर! 
छाती भरि तिम्रै प्रित जगाउँ कि मेरो हजुर !!

संगै ज्युने संगै मर्ने अठोट यो मनमा राखी!
खुन छर्की तिम्रो सिउँदो रंगाउँ कि मेरो हजुर!!

तिम्रो खुशी देख्न मैले आशुं पिई यो धर्तिमा!
पसिनाका धारा अझै बगाउँ कि मेरो हजुर!!

दिन्न भने बाले पनि तिम्रो जोवन मेरै हात्मा!
जे जे पर्ला आजै राति भगाउँ कि मेरो हजुर!!

जोरीपरी हास्दै होलान् दुइ किनार हामी हुँदा!
भंगालो यो मिली तर्न सगाउँ कि मेरो हजुर !!

लत्तपत्त मधुरस मा मौरी जस्तै तैरिएर!
यो बैंशले तिमीलाई डगाउँ कि मेरो हजुर!!

सर्वाधिकार सुरक्षित © २०६९,बिखर्ची राम
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
मेरो नाम लेखेर के पायौ र तिमीले!
सप्ना मात्रै देखेर के पायौ र तिमीले!!

न त म ढुंगा थिएँ न त देउता तिम्रो!
मेरै आत्मा बेचेर के पायौ र तिमीले!!

खाडलमा पारी मलाई जाल्झेल गरि! 
यो छातीमा टेकेर के पायौ र तिमीले!!

यात्री थिएँ जीवनको गन्तब्य मै रोकी! 
मेरै बाटो छेकेर के पायौ र तिमीले!!

सर्वाधिकार सुरक्षित © २०६९,बिखर्ची राम
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
मेरै मानो खाएर मेरै जरो खन्छौ किन?
मेरै धरो लाएर मेरै जरो खन्छौ किन ?

आफुँ रुँदै हिडेपनि तिम्लाई खुशी राखें !
आँखा भरि छाएर मेरै जरो खन्छौ किन?

न्याउली झैं विरहमा तिम्रै भाका मनभरि!
मेरै गीत गाएर मेरै जरो खन्छौ किन ?

सबै दिएँ भको जति फेरी के आश राख्दै!
चोक गल्लि धाएर मेरै जरो खन्छौ किन?

खुन्का धारा मुख भरि प्राण यो जानै लाग्दा!
मेरै मुख बाएर मेरै जरो खन्छौ किन ?

सर्वाधिकार सुरक्षित © २०६९,बिखर्ची राम
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
भो नगर छुटिने ति हात का कुरा! .
शिशिरमै झरी जाने पात का कुरा!! 

शुरा अनि शुरी एउटै भो जिवन्मा! 
मातिएर लाग्ने उही लात का कुरा!! 

क्षणिक भो आकर्षण प्रेमको अर्थ!
प्राप्ति लाइ प्रेमपत्र खात का कुरा!!

जानेरै बिग्रिए कोहि म अन्जन मै !
खोइ के लेख्छ भाविले जातका कुरा!!

आफ्नै ले हर्छन दुनिया सारा लाई!
बिश्वासको बदलामा घात का कुरा!!

नपिएको मैले पनि कहाँ नै हो त !
पिए पछि लाग्ने उही मात का कुरा!!

सर्वाधिकार सुरक्षित © २०६९,बिखर्ची राम
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
प्रिया,
आजकल त तिम्रा म्यासेजका खुट्टा नै भाचिएछन क्यारे,यतातिर त पटक्कै आउनै छोडे, पहिले त निकै आउथे।🙄😂 😂
सपना सजाउने भत्केको घर छ!
अब त बाच्न यो जीवन कहर छ!!

मुटु जलाउन अरु के चाहियो र! 
तिम्रै याद मा भरपुर जहर छ !!

पिडा त यो तनले जति थियो भोग्यो !
ब्यथा र आँखामा आशुँको लहर छ!!

गन्तब्य बिथोल्न काँडे तार लगाई!
कहाँ सक्छौ रोक्न मेरो यो डहर छ!!

ओढेर तिमीले ब्वाँसाको खोल त्यो!
मसान घाट जस्तै अचेल शहर छ !!

सर्वाधिकार सुरक्षित © २०६९,बिखर्ची राम
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हिजो आज बिखर्ची यो मातेको छ किन?
टुक्रा पारी आफ्नै मुटु काटेको छ किन?

परे छ कि पिरतीको झुठो संसारमा ?
आफै लाई शब्द शब्द ढाटेको छ किन? 

धन रुप संगै माया बिक्रि हुँदा जाँदा !
जवानीका रातमा बैंश साटेको छ किन?

च्यतिएर धुजा धुजा पर्दै जाँदा अचेल !
जति टाल्यो उति अझै फाटेको छ किन?

लट्टाई त्यो चुडाएर चंगा छुटे पछि !
चारै तिर प्रित डोरी बाटेको छ किन?

सर्वाधिकार सुरक्षित © २०६९,"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल:मरुभूमिको छातीबाट
लुटिन्छ आगन्मै देशको ज्यामी यो॥ 
भुटिन्छ आगन्मै देशको ज्यामी यो॥ 

खुनका धारा ति नदि झैं बगाई । 
कुटिन्छ आगन्मै देशको ज्यामी यो॥ 

पँधेरो पानीमा छूवाछूत भेद ले ।
छुटिन्छ आगन्मै देशको ज्यामी यो॥

बलिको पात्र झैं होमिन क्रान्तिमा ।
थुतिन्छ आगन्मै देशको ज्यामी यो॥

बिर्सेर सारा यो बिकास का निम्ति ।
जुटिन्छ आगन्मै देशको ज्यामी यो॥

लाचार निरिह सर्कार छ्या!! यस्तो ।
चुटिन्छ आगन्मै देशको ज्यामी यो॥

शिशा झैं चर्केर राम झैं बोले त ।
टुटिन्छ आगन्मै देशको ज्यामी यो॥

सर्वाधिकार सुरक्षित © २०६९,"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल:मरुभूमिको छातीबाट
”ब्लग अवलोकन गरिदिनु भएकोमा हजुरहरुलाइ हार्दिक धन्यवाद छ" ब्लग सेटिंग: htpp://www.janakdangol.blogspot.com