नयनको तीर लाग्ला आफ्नै बाटो जाउ॥
यौवनको जोश जाग्ला आफ्नै बाटो जाउ॥
नयनका मदिरा ति पिएपछि लट्ठ पर्दै ।
अधरले अधर माग्ला आफ्नै बाटो जाउ॥
कम्पन त्यो छुटेपछि शरीरमा आहटले ।
मन्को सबै डर भाग्ला आफ्नै बाटो जाउ॥
फक्रिएको फुल झैं तिम्रो बैंश देखेपछि ।
माली बनी उतै राख्ला आफ्नै बाटो जाउ॥
गन्तब्यमा एक्लै हुँदा यात्री भई जीवनको।
सवारी नै सम्झी हाक्ला आफ्नै बाटो जाउ॥
भर छैन रामको बिग्रिएछ मदिरा ले ।
नशा सम्झी थोरै चाख्ला आफ्नै बाटो जाउ॥
सर्वाधिकार सुरक्षित © २०६९,"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल:मरुभूमिको छातीबाट
यौवनको जोश जाग्ला आफ्नै बाटो जाउ॥
नयनका मदिरा ति पिएपछि लट्ठ पर्दै ।
अधरले अधर माग्ला आफ्नै बाटो जाउ॥
कम्पन त्यो छुटेपछि शरीरमा आहटले ।
मन्को सबै डर भाग्ला आफ्नै बाटो जाउ॥
फक्रिएको फुल झैं तिम्रो बैंश देखेपछि ।
माली बनी उतै राख्ला आफ्नै बाटो जाउ॥
गन्तब्यमा एक्लै हुँदा यात्री भई जीवनको।
सवारी नै सम्झी हाक्ला आफ्नै बाटो जाउ॥
भर छैन रामको बिग्रिएछ मदिरा ले ।
नशा सम्झी थोरै चाख्ला आफ्नै बाटो जाउ॥
सर्वाधिकार सुरक्षित © २०६९,"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल:मरुभूमिको छातीबाट







No comments:
Post a Comment